शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाले रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको छ : पुटिन

बुधबार, १९ माघ २०७८, ०९ : १३
बुधबार, १९ माघ २०७८

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ । 

पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् । रुसले भने सो आरोपलाई सुरुदेखि नै खण्डन गर्दै आइरहेको छ ।

युक्रेनको सीमामा हाल करिब १ लाख रुसी सैनिक तैनाथ रहेका छन् । यसले गर्दा युद्धको आशंका बढिरहेको छ । यसबीच अमेरिका र केही युरोपेली मुलुकले युक्रेनलाई समर्थन गरिरहेका छन् । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सीकले रुसविरुद्ध मद्दतका लागि तयार रहेकोमा पश्चिमी राष्ट्रहरूको तारिफ गरेका छन् ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप