मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

बुधबार, १९ माघ २०७८, ०८ : ५१
बुधबार, १९ माघ २०७८

सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका  बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष  २०७८/०७९को सङ्घीय सरकारले बजेट भाषणमा खाइपाइ आएको भन्दा थप मासिक ७ हजार स्थानीय तहले दिनुपर्ने घोषणा गरेको थियो । कटहरिया नगरपालिका आफैँले घोषणा गरे अनुसार तथा सङ्घीय सरकारले गरेको घोषणा अनुसार तलब नदिएर पुरानो तलबमान ८ हजार मात्र दिँदै आएको मावि कटहरियाका कार्यालय सहयोगी हरि यादवले कटहरिया एफएम लाई गुनासो गरेका छन्  ।

सरकारको घोषणा गरे अनुसार तलबको माग गर्दै  त्रिशक्ति प्रावि कटहरिया १ भसेढवाकी  बाल विकास शिक्षिका सिकिला देवी दाशको नेतृत्वमा दर्जनौँ शिक्षिका र कर्मचारी  मंगलबार नगरपालिकाको मूलगेटमा तालाबन्दी गर्न गएको थियो । तर कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाको पहलमा उनीहरूको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । नगर प्रवक्ता चन्दन कुश्वाहाको नेतृत्वमा बसेको  दुई पक्षीय बैठकमा हाल बाहिर रहेका मेयर सियाराम कुश्वाहा आएको १ हप्ता भित्र समस्या समाधान गर्ने लिखित सहमति भएको छ। सहमति अनुसार कार्यान्वयन नभएमा नगरपालिका कार्यालय मा अनिश्चित कालिन तालाबन्दी गरी आन्दोलन गर्ने शिक्षिका तथा विद्यालय कर्मचारीले चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप