गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप
![गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप](https://rpcdn.ratopati.com/media/albums/gathabandhan-satta-4-leader_3HCYaBtyKs.jpg)
सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको आजको नागरिक दैनिकमा समाचार छ ।
एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । एक सातायता सत्ता सहयत्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्किन सक्ने शंकालाई बल पुगेको छ ।
आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा काँग्रेस प्रतिबद्ध रहेका भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ । साथै एमसीसीको विषयमा पनि सत्ता सहयात्री दलभित्र किचलो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी