बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : लिलामीको अन्तिम सूचीमा नेपालबाट सन्दीप मात्र

मङ्गलबार, १८ माघ २०७८, २२ : ५९
मङ्गलबार, १८ माघ २०७८

भारतीय क्रिकेट बोर्डले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा भाग लिने ५९० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरिएको १ हजार २१४ जना खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी रहेकोमा अन्तिम सूचीमा भने एक जना खेलाडीमात्र पर्न सफल भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र यो सूचीमा अट्न सफल भएका हुन् । उनको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।

५९० जनाको सूचीमा ३५५ जना अनक्याप्ड र २२८ जना क्याप्ड खेलाडी रहेका छन् । दुई दिनसम्म चल्ने लिलामीमा १० टोलीले भाग लिनेछन् । यसमा ७ एसोसिएट राष्ट्रका खेलाडीहरूले पनि भाग लिनेछन् । अन्तिम सूचीमा भारतका ३७० तथा विदेशका २२० जना विदेशी खेलाडी रहेका छन् । विदेशी खेलाडीको सूचीमा सबैभन्दा धेरै अस्ट्रेलियाका ४७ जना खेलाडी समावेश छन् । त्यस्तै, दक्षिण अफ्रिकाका ३३, इंग्ल्याण्ड र न्युजिल्याण्डका समान २४ तथा श्रीलंकाका २३ खेलाडी समावेश छन् । लिलामी १२ र १३ फेब्रुअरीमा बैंग्लुरुमा आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप