जग्गा विवाद : आमाको हत्या आरोपमा छोरा पक्राउ
मङ्गलबार, १८ माघ २०७८, २२ : १०

आमाको हत्या गरेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षका कमल श्रेष्ठ छन् । मोरङको शनिश्चरे नगरपालिका–२ घर भएका कमलले आफ्नी ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।
माघ १२ बाट जगमाया हराएको भनेर परिवारले खोजतलासका लागी प्रहरीमा निवेदन दिएका थिए । तर, अनुसन्धानबाट जग्गाको विवाद हुँदा कमलले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आमाको हत्यापछि उनले सोही ठाउँमा रहेको हरीयाली सामुदायिक वन छेउको घाटमा जलाएका थिए । माघ १७ मा पक्रेर उनलाई ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
-
डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
-
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत : परराष्ट्र मन्त्रालय
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश