क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा न्यूरोडबाट १ जना युवक पक्राउ
१ करोड ४८ लाखको कारोबार देखियो
मङ्गलबार, १८ माघ २०७८, २२ : ०३
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँको न्यूरोडस्थित गुच्चाटोलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका घर भई भक्तपुरमा बस्दै आएका रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी छन् ।
३० वर्षीय अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।
अधिकारीले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको देखिएको एसपी राठौरले बताए । उनले भने–‘आरोपीले प्रयोग गरेको मोबाइलबाट १३ लाख रुपैयाँ नेपाली मुद्रा बराबरको डिजिटल मुद्रा मौज्दात देखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण