सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम

मङ्गलबार, १८ माघ २०७८, २० : २३
मङ्गलबार, १८ माघ २०७८

इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौँसँगको सहकार्यमा पत्रकारहरूलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रम पछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सुवेदीले कार्यक्रमले आफूलाई फोटोग्राफीमा आफ्नो अवस्था कस्तो रहेछ भन्ने थाहा दिएको बताए । त्यसैगरी, ग्यालेक्सी टेलिभिजनका पत्रकार प्रकाश तिम्सिनाले प्रशिक्षण कार्यक्रमले आफूलाई व्यावसायिक रूपमा फोटो पत्रकारिता गर्न मद्दत पुगेको बताए। कार्यक्रममा बोल्ने अन्य प्रशिक्षार्थीहरुले समेत यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।  

कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेको प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरू प्रशिक्षार्थीका रूपमा सहभागी रहेको थियो । प्रशिक्षण कार्यक्रममा कस्तो विषय वस्तु समेटेका दृश्य खिच्ने, कसरी खिच्ने देखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वन्तले सहजीकरण गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजीकरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप