शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माघ २८ गतेसम्म सर्वोच्चको सेवा स्थगन

मङ्गलबार, १८ माघ २०७८, २० : १७
मङ्गलबार, १८ माघ २०७८

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो । 

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायतको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी  दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप