बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा पार्टी संगठन विस्तार गर्दै काँग्रेस

मङ्गलबार, १८ माघ २०७८, २० : १४
मङ्गलबार, १८ माघ २०७८

नेपाली काँग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । 

मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का शहीद रत्नमार्ग, बम्जन टोल र वरपीपल चोकमा संगठन विस्तार गरेको हो । काँग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै विकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ ।

काँग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरपालिका अन्तर्गतका २० वटै वडाका विभिन्न टोलहरूमा टोल कमिटी गठन गर्दै पार्टीको संगठन बिस्तार गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप