अनेरास्ववियुद्वारा मन्त्रीलाई कालो झण्डा
मङ्गलबार, १८ माघ २०७८, २० : ०६

समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए ।
उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र प्रहरीको आँखा छलेर पाल्पामा रोडमा देखाएको बताए । अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । आज मन्त्रीहरू झण्डा देखाएको हो। चरणबद्ध कार्यक्रम अन्तर्गत भोलि सडकमा कानुन व्यवसायीहरूसँग बहस गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला