शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर

मङ्गलबार, १८ माघ २०७८, १९ : १६
मङ्गलबार, १८ माघ २०७८

भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थिति रहेको थियो । 

.यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप