संघ सरकार खसवादी मानसिकताबाट ग्रस्त : मन्त्री साह
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघ सरकार खसवादी चिन्तनबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले खसवादी मानसिकता त्याग्न आग्रह गर्दै संघीय संरचनालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न समेत संघ सरकारसँग आग्रह गरेका हुन् ।
उनले संघ सरकारले संघीयतालाई अझैसम्म आत्मसात् नगर्दा प्रदेश सरकारलाई हेपाहा प्रवृत्तिबाट हेर्ने गरेको आरोप लगाए । आमसञ्चार प्राधिकरणले आयोजना गरेको पत्रकारहरूको स्वास्थ्य बिमा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले पत्रकारको स्वास्थ्य बिमा भन्दा जीवन बिमा आवश्यक रहेको बताएका हुन् ।
उनले अहिले पत्रकार र गैरपत्रकार भन्ने विवाद पत्रकार बीचमा रहेकाले उनले मापदण्ड निर्धारण गर्न सरोकारवालासमेत जिम्मेवार हुनु पर्ने बताए । मन्त्री साहले पत्रकारले लेखेका समाचारमा रहेका कमी कमजोरी समेत औँल्याए । उनले समाचार लेख्दा दीर्घकालीन सकारात्मक सोच राखेर सत्य तथ्य समाचार लेख्न आग्रह समेत गरे । उनले मधेस सरकारले पनि छिट्टै नै लोककल्याणकारी विज्ञापनको व्यवस्था प्रदेशमा रहेका मिडियालाई वितरण गरिने योजना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल