बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सीमा नाकाबाट अवैध सुपारीसहित दुई जना पक्राउ

मङ्गलबार, १८ माघ २०७८, १८ : २२
मङ्गलबार, १८ माघ २०७८

बाँके प्रहरीले नेपालबाट भारततर्फ अवैध रुपमा लगिँदै गरेको सुपारीसहित दुई जनालाई पक्राउ गरेको छ ।  नेपालगञ्ज –१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले  २ लाख ५ हजार ५०० मुल्य बराबरको सुपारी बरामद गरि  भारतको रुपैडिहा बस्ने ईरफान राई र  सोही स्थानका मोहमद सईदलाई पक्राउ गरेको हो ।

उनीहरुले  भे १ ह १८२४ र भे १ स १२१९ नम्वरको अटो रिक्साको डिकीमा लुकाई छिपाई राखेर  भन्सार छलेर उक्त सुपारी भारत तर्फ पैठारी गर्न लैजाँदै थिए ।  अभियुक्तलाई सामानसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय, नेपालगन्ज, बाँकेमा पठाईएको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप