‘लाखे’ मा भित्रिए प्रशान्त
अभिनेता प्राशान्त ताम्राकार फिल्म ‘लाखे’ मा भित्रिएका छन् । फिल्मको मुख्य भिलेन (नेगेटिभ)) भूमिकाका लागि उनी अनुबन्धित भएका हुन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि ताम्राकार भित्रिएको निर्देशक सम्राट बस्नेतले बताए ।
अभिनेता ताम्राकारले आफू ‘लाखे’ मा जोडिन पाउँदा खुशी लागेको बताए । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’ फिल्ममा आफूले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए ।
‘लाखे’ अहिले छायांकन भइरहेको फिल्म हो । फिल्मको छायांकन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । फिल्ममा अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको युनिट पनि ठुलै भएकोले युनिट बनाएर छायांकन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको चेतावनी : शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
-
आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो