पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आयो, निगमले के गर्ला ?
भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ ।
यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको हो ।
प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १५.६९ रुपैयाँ घाटा हुने बताइएको छ । यस्तै, डिजेलमा प्रतिलिटर १३.६२ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ५६० रुपैयाँ घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । यद्यपी, हवाई इन्धन र मट्टितेलको बिक्रीमा भने निगमलाई घाटा नरहेको उनको भनाई छ । यसआधारमा निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेमा अब प्रत्येक १५ दिनमा २ अर्ब ६० करोड रुपैयाँ घाटा ब्यहोर्ने छ । यस्तै, मासिकरूपमा निगमले ५ अर्ब २० करोड घाटा ब्यहोर्ने उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?