बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भारतले नेपाल मामलामा खर्च गर्ने बजेट घटायो, अरु मुलुकमा कति छुट्यायो ?

मङ्गलबार, १८ माघ २०७८, १५ : ४३
मङ्गलबार, १८ माघ २०७८

भारत सरकारले यसपटक नेपाल मामलामा दिने आर्थिक अनुदान बजेट घटाएको छ । अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड भारु छुट्याएकोमा यस वर्ष अर्थात् वित्त वर्ष सन् २०२२/२३ का लागि ७ अर्ब ५० करोड भारु मात्र छुट्याएको हो । यसअघि भारत सरकारले वित्त वर्ष २०२०/२१ का लागि नेपाललाई ८ अर्ब ७९ करोड भारु छुट्याएको थियो । 

मंगलबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले नेपाल सहित अन्य छिमेकी मुलुकहरूलाई दिने अनुदान रकम छुट्याएको छ।

यस वर्ष भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । यस्तै, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंकालाई २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारु छुट्याएको निर्मला सीतारमणले जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप