घलेम्दी हाइड्रोको नाफामा वृद्धि
घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा आफ्नो नाफामा आकर्षक वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले यस वर्ष २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।
समीक्षा अवधिमा कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा आकर्षक वृद्धि देखिएको हो । यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बिक्री मार्फत १ करोड ६४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
नाफा वृद्धिपछि कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा