शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

दूधको साटो यी चिजको सेवन तपाईंका लागि हुनसक्छ खतरनाक, पक्कै ध्यान दिनुहोस्

मङ्गलबार, १८ माघ २०७८, १४ : ००
मङ्गलबार, १८ माघ २०७८

बढ्दो तौल आजकालको समयमा निकै आम समस्या भएको छ । अस्वस्थकर जीवनशैलीका कारण मानिसको तौल सजिलैसँग बढ्ने गर्छ । यस्तोमा धेरैजसो मानिस विशेषगरी महिला र युवती आफ्नो तौलको विषयमा निकै सतर्क हुन थालेका छन् । तौल नियन्त्रणमा राख्नका लागि मानिस आफ्नो खानामा परिवर्तन गर्छन् र यस्तो चिज समावेश गर्न थालेका छन् जसले उनीहरुको तौल नियन्त्रणमा रहन्छ । तर यस्तो गर्दा शरीरले आवश्यक पोषक तत्व पाउँदैन जसको शरीरमा कमी हुन थाल्छ ।

धेरैजसो मानिसले दुग्धजन्य पदार्थले तौल बढाउने मान्यता राख्छन्, यस्तोमा मानिस दुग्धजन्य पदार्थको साटो आमन्ड मिल्क वा सोय मिल्क आदिको प्रयोग गर्छन् तर यस्तो गर्नु तपाईंको स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । विशेषगरी महिला र युवतीहरुको स्वास्थ्यका लागि । फूड एन्ड न्युट्रिशन एक्सपर्ट प्रोफेसर इयान गिवेन्सले दुधका अन्य विकल्प जस्तै ओट्स, बदाम र सोय दूधका लागि चेतावनी दिएका छन् । दुग्धजन्य पदार्थका यी विकल्पमा क्यालोरीको मात्रा भलै निकै कम पाइन्छ तर यसमा ती सबै फाइदा पाइँदैनन् जुन गाईको दूधमा पाइन्छन् ।

प्रोफेसर गिवेनले चिन्ता जताउँदै आजकालको समयमा युवती आफ्नो डाइटबाट दुग्धजन्य पदार्थ हटाएर शरीरलाई चाहिने सबै पोषक तत्वसँग सम्झौता गरिरहेका छन् । उनका अनुसार मानिसले आफ्नो खानामा रातो मासु पनि निकै कम गरिदिएका छन् यसकारण शरीरमा आवश्यक पोषण तत्वको कमी असाध्यै धेरै पाइन थालिएको छ । रिडिङ युनिभर्सिटीमा इन्स्टिच्युट फर फूड, न्युट्रिशन एन्ड हेल्थका निर्देशक प्रो गिवेन्सले खानामा रातो मासु र दुग्धजन्य पदार्थलाई समावेश नगर्दा महिलाको शरीरमा यसको असर बढी देखिन सक्छ । उनले भने, ‘चिन्ताको कुरा के छ भने यस्ता थुप्रै मामिला सार्वजनिक भइरहेका छन् जसमा युवावर्गले आफ्नो खानामा परिवर्तन गरिरहेका छन् र यस्ता विकल्प छानिरहेका छन् जसका कारण उनीहरुको शरीरमा प्रोटिनको कमी देखिन थालेको छ ।’

डाटामा पत्ता लागेअनुसार ११ देखि १८ वर्षको उमेरका आधा किशोरीमा समान उमेरका ११ प्रतिशत किशोरको तुलनामा आइरनको कमी पाइएको छ । यस्तै १९ देखि ६४ वर्षका महिलामा पनि आइरनको कमी देखिएको छ । स्मरण रहोस्, गेडागुडी, ड्राई नट्स र ड्राइ फ्रुट्समा आइरनको मात्रा पाइन्छ तर मासुमा यो अत्यधिक मात्रामा पाइन्छ । आइरनको कमीले शरीरमा रगतको कमी र हिमोग्लोबिन कम हुनथाल्छ । यसले शरीरमा अक्सिजनको मी हुनसक्छ जसकारण थकान र एकाग्रतामा कमी हुनसक्छ जुन रक्तअल्पत्ताको लक्षण हो ।

राष्ट्रिय आहार र पोषण सर्वेक्षणबाट थाहा हुन्छ कि एक चौथाई युवतीे निकै कम मात्रामा आयोडिन, क्याल्सियम र जिंकको सेवन गर्छन्, यसको प्रमुख कारण दुधको सेवन नगर्नु हो । प्रो गिवेन्सले चेतावनी दिँदै दुग्धजन्य पदार्थ आइरनको सबैभन्दा राम्रो स्रोत भएको बताउँदै यो माछामा पनि पाइने बताए । महिलाको शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी अत्यधिक मात्रामा पाइन्छ जुन हड्डीको विकासका लागि अत्यावश्यक मानिन्छ । विशेषज्ञका अनुसार जुन युवतीले किशोरावस्थामा शरीरमा केही कमीको सामना गर्नुपर्छ भने उनले रजनोवृत्तिपछि पनि थप समस्या व्यवहोर्नुपर्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप