सप्तरीका शैक्षिक संस्थाहरू माघ मसान्तअघि नखोल्न निर्देशन

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् । कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न उनले सोमबार निर्देशन दिएका हुन् ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा नगर्न भनिएको छ । शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् ।
त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् । सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र भिडभाड हुने कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न निर्देशन दिएका छन् ।
जिल्लामा १ माघदेखि शैक्षिक शिक्षा बन्द भए पनि १६ माघदेखि सञ्चालनमा आएको र जिल्लामा कोभिडका बिरामी अझै बढी रहेकाले सो निर्देशन दिएको प्रजिअ गौतमले बताए । उनको निर्देशन विपरीत जिल्लामा अहिले पनि राजनीतिक दलको कार्यक्रम सभा सम्मेलन भने भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी