शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतले ३ प्रतिशत घटायो कर्पोरेट ट्याक्स, अन्य व्यवस्था कस्ता छन् ?

मङ्गलबार, १८ माघ २०७८, १३ : ४४
मङ्गलबार, १८ माघ २०७८

भारत सरकारले यो वर्षदेखि कर्पोरेट ट्याक्स घटाउने भएको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यो चालू वर्ष २०२२/२३ देखि कर्पोरेट ट्याक्स घटाउने घोषणा गरिन् । उनले बजेट भाषण गर्दै यो वर्षदेखि ३ प्रतिशतले कर्पोरेट ट्याक्स घट्ने घोषणा गरेकी हुन् ।

उनको घोषणासँगै भारतमा कर्पोरेट ट्याक्स १५ प्रतिशतमा आइपुगेको छ । यसअघि भारत सरकारले १८ प्रतिशत कर्पोरेट ट्याक्स लिँदै आइरहेको थियो । जुन, केन्द्रीय वित्त मन्त्री सितारमणको घोषणासँगै अब १५ प्रतिशतमा आइपुगेको हो ।

यस्तै, भारत सरकारले यही वर्षदेखि प्रचलनमा ल्याउने डिजिटल करेन्सीमा ३० प्रतिशत कर लाग्ने बताइएको छ । यसका साथै, यस वर्षका लागि भारत सकारले इन्कम ट्याक्सलाई यथावत राख्ने मन्त्री सितारमणले घोषणा गरिन् ।

यसैगरी, भारत सरकारले रत्न तथा आभुषणको आयातदर घटाएको छ । सरकारले यी वस्तुको आयातमा लाग्ने भन्सार कर घटाएर ५ प्रतिशत कायम गरेको हो । यस्तै, इलेक्ट्रिोनिक्स वस्तुको आयातमा समेत भन्सार कर घटाउने मन्त्री सितारमणले घोषणा गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप