शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हराएको खोप खोजी गर्न पाँच सदस्य छानबिन समिति गठन

मङ्गलबार, १८ माघ २०७८, १३ : ३७
मङ्गलबार, १८ माघ २०७८

सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न  ५ सदस्य छानविन समिति गठन गरेको छ । विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो ।

समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् । हराएको भनिएको खोप छानविन गर्ने समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्नेछ । भने अवको दुई हप्तामा सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ । हिजो अर्थात सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप मौज्दात र खोप लगाइएका सबै व्यक्तिहरुको विवरण उपलब्ध गराउन सार्वजनिक सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । 

खोपको सम्पूर्ण विवरण तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरी निर्देशन दिएको हो । ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरुले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप