स्मार्ट लकडाउनका बीच यी ५ फिल्म फ्लोरमा
उपत्यकामा स्मार्ट लकडाउनका कारण फिल्म रिलिज स्थगित भए छायांकन भने रोकिएको छैन । यो समय करिब आधा दर्जन फिल्म फ्लोरमा छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म रिलिज रोकिएपनि छायांकन चलिरहेको बताए ।
‘लाखे’
फिल्म ‘लाखे’को काठमाडौंमै धमाधम सुटिङ भइरहेको छ । सम्राट बस्नेतको निर्देशन रहने फिल्म कोरोनाको कारण दुई युनिट बनाएर छायाँकन भइरहेको छ । फिल्मका हरि मल्ल ठकुरी कार्यकारी निर्माता हुन् ।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउतलगायतको मुख्य भूमिका रहनेछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्म गत २७ गते कमलादी गणेश मन्दिरमा पूजा गर्दै फ्लोरमा निस्किएको थियो ।
‘म’
अभिनेत्री निशा अधिकारी ४ वर्षपछि फिल्म सेटमा फर्किएको फिल्म ‘म’ को काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
कान्तिपुर फिल्म एकेडमीले निर्माण गरेको फिल्ममा निशाको अलावा नरेन खड्का, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी लगायतको अभिनय रहनेछ । फिल्म पुस ११ गतेबाट फ्लोरमा निस्किएको थियो । फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।
‘गाउँ आएको बाटो’
अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘गाउँ आएको बाटो’ को छायाँकन भोजपुरका विभिन्न स्थानमा भइरहेको छ । नवीन सुब्बाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ र पशुपति राईको मुख्य भूमिका छ ।
‘ह्यारीकी प्यारी’
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र हास्य कलाकार जीतु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’को छायाँकन केही दिन अगाडि सुरु भएको हो । कपिल रिजालको निर्देशन रहे फिल्म समसामयिक विषयवस्तुमा निर्माण हुन लागेको हो । रिजाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।
फिल्ममा जीतु र साम्राज्ञीको अलवा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाल लगायतको मुख्य भुमिकामा अभिनय रहनेछ ।
‘गोर्खा वारियर–२’
मिलन चाम्सको निर्देशन रहेको यो फिल्म ‘गोर्खा वारियर–२’ पनि अहिले फ्लोरमा रहेको छ । फिल्मको अव क्लाइमेक्स मात्र खिच्न बाकी रहेको निर्देशक चाम्सले बताए । गत ९ मंसिरदेखि सुरु भएको यो फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको फिल्म सन् २०२२ मा भित्र रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
-
आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
-
सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण