बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

भारतीय किसानलाई अब ड्रोनले सघाउने, यस्ता छन् अन्य सुविधा

मङ्गलबार, १८ माघ २०७८, १२ : २६
मङ्गलबार, १८ माघ २०७८

भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट घोषणा गर्दै किसानलाई ड्रोनले सघाउने घोषणा गरेको छ । केन्द्रीय सरकारकी वित्त मन्त्री निर्मला सीतारमणले खेतीमा ड्रोन प्रयोग गर्ने घोषणा गरिन् । उनका अनुसार अब भारतीय कृषकलाई खेती गर्दा ड्रोनले सघाउने छ । ड्रोनले खेती उत्पादनको मूल्याङ्कन, किटनाशक औषधी छिट्न सहयोग तथा भूमि अभिलेख लगायतका काम गरिने सरकारी घोषणा छ ।

यसका साथै, किसान र कृषि खेतीलाई भारत सरकारले प्राथमिकतामा राखेर बजेट भाषण गरेको छ । यसका साथै, भारतीय किसानलाई हाइटेक र प्रविधियुक्त बनाउने मोदी सरकारले घोषणा गरेको छ । भारतका १ करोड ६३ लाख किसानले उत्पादन गरेको १२ सय ८ मेट्रिक टन गहुँ र धान सरकारले किन्ने छ । यस्तै, ९ लाख हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिने मन्त्री सीतारमणले घोषणा गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप