अमेरिकाको आरोप : रुसले गर्दा शान्ति खतरामा, रुसी कुटनीतिज्ञको जवाफः झुटो डर फैलायौ
युक्रेनलाई लिएर रुस र अमेरिकाबीचको तनाव कम हुने कुनै संकेत नै देखिएको छैन । सोमबार संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा युक्रेन मुद्दामा भएको मतदानका बेला दुबै मुलुकका कुटनीतिज्ञ आपसमा आरोप प्रत्यारोपमा उत्रिए ।
रुसले युक्रेनको सीमामा सैनिकको भीड उपस्थित गराएर शान्तिलाई खतरामा पारेको आरोप अमेरिकाले लगाएको छ । यसैगरी रुसी कुटनीतिज्ञले अमेरिकाले झुटो समाचार फैलाएको आरोप लगाएका छन् ।
यी सबै आरोप प्रत्यारोपबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि सुरक्षा परिषद्मा रुसलाई धम्की दिएका छन् । बाइडेनले भने, ‘यदि रुस कुराकानीको माध्यमले हाम्रो सुरक्षा चिन्तालाई हटाउनका लागि तयार हुन्छ भने मात्रै अमेरिका र उसका सहयोगी देश यसतर्फ अघि बढ्नेछ । तर यसको साटो रुसले युक्रेनमाथि हमला गर्छ भने उसले गम्भीर परिणाम भोग्नुपर्नेछ ।’
सुरक्षा परिषदको बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले भने, ‘युरोपमा हामी जुन स्थितिको सामना गरिरहेका छौँ त्यो खतरनाक छ । युक्रेनको सीमामा रुसको सैन्य निर्माणमा आक्रामक ढाँचा देखिएको छ । यदि रुसले युक्रेनमा हमला ग¥यो भने हामी मध्ये कसैले पनि ‘हामीलाई त यो थाहा थिएन’ भन्न पाउने छैनौँ । ’
यसैगरी रुसी कुटनीतिज्ञ वसिली नेभेन्जियाले अमेरिकालाई झगडा भड्काउने देशको संज्ञा दिएका छन् । उनले भने ,‘अमेरिका युद्ध होस् भन्ने चाहन्छ । जबकी रुसको युक्रेनमा हमला गर्ने कुनै योजना नै छैन ।’
रुसलाई कमजोर पार्ने कोसिस
नेभेजियाले भने, ‘रुस क्षेत्रमा शान्ति चाहन्छ, तर अमेरिका र उसका सहयोगी देशमा रुसलाई कमजोर पार्ने कोसिस गरिरहेका छन् । उसले
रुस र युक्रेनबीच व्यर्थको तनाव पैदा गर्ने प्रयास गरिरहेको छ ।’ सुरक्षा परिषदको बैठकको दुई घन्टापछि कुनै कारबाही बिना स्थगित गरिएको छ ।
नेभेन्जिया गएपछि अमेरिकी कुटनीतिज्ञले भने, ‘रुसीहरुले हामीले आशा गरेको जस्तो जवाफ दिएनन् ।’
बर्लिनमा भेट्नेछन् रुस र युक्रेनका कुटनीतिज्ञः
गत साता पेरिसमा रुस र यूक्रेनबीच ८ घन्टा लामो बैठकपछि युद्धबिराम भएको थियो । यी दुवै देशले छिट्टै बर्लिनमा पुनः भेटघाट गर्दैछन् । रुसले सन् २०१४ मा क्राइमियालाई आपूmमा विलय गराएको थियो । त्यसपछि नै यी दुई देशबीच तनाव बढ्दै गएको छ । गत वर्ष पुटिनले युक्रेनको सीमामा १.५० लाख सेना तैनाथ गरेको थियो । यसपछि युद्धको संकट बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो