बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पार्टीको माग सम्बोधन नभएसम्म एमाले अन्य एजेन्डामा प्रवेश गर्दैन: महासचिव पोखरेल

मङ्गलबार, १८ माघ २०७८, ११ : ५५
मङ्गलबार, १८ माघ २०७८

एमाले महासचिव शंकर पोखरेलले  पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् ।

एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् । ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।

एमालेको माग भनेको सभामुखले १४ सांसदलाई पदमुक्त गरेको सूचना संसद् सचिवालयको सूचना पार्टीमा टाँस गरेको हुनुपर्ने छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले यसलाई अस्वीकार गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप