इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्दै, कति आवदेन दिन पाइन्छ ?
इमर्जिङ नेपाल लिमिटेडले यहीँ माघ २६ गते बुधबारदेखि ५ लाख ५५ हजार कित्ता बढी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६०० कित्ता सेयर अर्थात् ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार कुल निष्कासित आईपीओ मध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरूका लागि छुट्ट्याइएको छ भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुल्ला गरिनेछ ।
इच्छुक लगानीकर्ताहरुले माघ २६ गतेदेखि फागुन १ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग हाउसले विकास गरेको मेरो सेयर मोबाइल एप, वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आईपीओका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
-
आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कसलाई कति लाग्छ शुल्क ?
-
छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो