नक्कली पीसीआर रिपोर्ट प्रकरण : गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त
नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले रातोपाटीलाई बताए । डा. अधिकारीले भने–‘भविष्यमा हृदय केन्द्रका लागी अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको छ ।’
ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्राइभेट ल्याबको नाममा समेत कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने गरेको छानबिनबाट थाहा भएको छ । ल्याब इन्चार्जको ‘नक्कली हर्कत’बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले यसबारे छानबिन गर्न गंगालाल हृदय केन्द्रलाई निर्देशन दिएको थियो ।
आयोगले सो उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत रहे पनि यादवले त्रिवि शिक्षण अस्पतालको लेटरप्याड र ल्याब टेक्निसियनको हस्ताक्षर किर्ते गर्ने गरेको छानबिनबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब