बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली पीसीआर रिपोर्ट प्रकरण : गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त

मङ्गलबार, १८ माघ २०७८, ११ : २५
मङ्गलबार, १८ माघ २०७८

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले रातोपाटीलाई बताए । डा. अधिकारीले भने–‘भविष्यमा हृदय केन्द्रका लागी अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको छ ।’ 

ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्राइभेट ल्याबको नाममा समेत कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने गरेको छानबिनबाट थाहा भएको छ । ल्याब इन्चार्जको ‘नक्कली हर्कत’बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले यसबारे छानबिन गर्न गंगालाल हृदय केन्द्रलाई निर्देशन दिएको थियो । 

आयोगले सो उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत रहे पनि यादवले त्रिवि शिक्षण अस्पतालको लेटरप्याड र ल्याब टेक्निसियनको हस्ताक्षर किर्ते गर्ने गरेको छानबिनबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप