सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा आज बजेट भाषण

मङ्गलबार, १८ माघ २०७८, १० : ३१
मङ्गलबार, १८ माघ २०७८

भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् ।

निर्मला सीतारमणले चौथो पटक बजेट पेश गर्नेछिन् । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् ।

सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र असमबाट सुरु भएको थियो तर केन्द्रमा प्रविधिलाई महत्व दिँदै सन् २०२० मा नै पेपरलेस बजेटको सुरुवात भयो ।

पहिला अर्थमन्त्रीले बजेट दस्तावेजलाई ब्रिफकेसमा लिएर आउँथे । तर निर्मला सीतारमणले सन् २०१९ मा एक फाइलमा बजेटको दस्तावेज लिएर आइन् । उक्त फाइलमा राष्ट्रिय प्रतिक छापिएको थियो ।

सन् १९९९ भन्दा अघिसम्म बजेट बेलुका ५ बजे पेश गरिन्थ्यो तर सन् १९९९ मा जसवन्त सिंहले यो परम्परा फेर्दै बिहान ११ बजे यो पेश गर्ने परम्परा राखे ।

वर्तमान अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२० मा जुन भाषण दिएकी थिइन् त्यो हालसम्मको सबैभन्दा लामो बजेट भाषण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप