राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की
राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ । युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को वैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो ।
रुसी परिचालन दशकौंमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् ।
त्यसको जबाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले अमेरिकाले उत्तेजना बढाएको आरोप लगाउँदै रसियाको मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य भएको बताए ।
युक्रेनमाथि रसियाले हमला गर्ने योजनाबारे कुनै प्रमाण नभेटिएको उनले बताए । युक्रेनको सीमामा कथित रसियाको सैन्य अखडाबारे राष्ट्रसंघले पुष्टि नगरेको पनि उनले बताए ।आफ्नो भूभागमा रसियाले बारम्बार सुरक्षाकर्मी तैनाथ गरेको र यो अमेरिकाको चासो बाहिरको विषय भएको उनले बताए ।
रसियाले युक्रेनसँगको सीमामा केही सातादेखि आफ्ना एक लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।
यसअघि रसियाले सुरक्षा परिषद्को खुला सत्रलाई अबरोध गर्न प्रयासलाई भने अमेरिकालगायतका देशहरुले विफल पारिदिएका थिए ।
रसियाले युक्रेनमा अतिक्रमण गर्दै गएमा उमाथि प्रतिबन्ध लगाउने अमेरिका र बेलायतले प्रतिबद्धता जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गममा महिला पत्रकारका पीडा
-
सार्वजनिक संस्थानको कोषमा सरकारको आँखा, दुरुपयोगको आशंकामा अर्थ मन्त्रालयको ‘डिफेन्सिभ’
-
सरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैन : अर्थमन्त्री पौडेल
-
नेपाल निर्माण व्यवसायी महासंघले मोरङद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
-
'सोफा हब काठमाडौँले' बिर्तामोडमा खोल्यो आठौँ शाखा
-
रवि र छविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता