मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन बजेट पसलमा छुट
मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग सम्झौता गरेको छ । बजेट पसलमा खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिन्छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बजेट पसलबाट रु. ३ हजार भन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट लिन सक्छन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र