आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चिसोबाट जाेगाउन वडा कार्यालयले बाँड्याे सिरक

मङ्गलबार, १८ माघ २०७८, ०६ : ४२
मङ्गलबार, १८ माघ २०७८

बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका- १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ ।

 त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हाे ।

वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयाेग गरिएकाे बताए ।

उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप