सभामुख हटाउने तयारी ?
![सभामुख हटाउने तयारी ?](https://rpcdn.ratopati.com/media/albums/agni-sapkota-1_ulVd8kXE82.jpg)
प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको आजको नागरिक दैनिकमा समाचार छ ।
शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको सरकारको आरोप छ । संसद्का बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि पदीय आचरण नगरेको आरोपमा सभामुखविरुद्ध प्रस्ताव ल्याउन गृहकार्य सुरु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी सदनमा टेबुल गराउन चाहन्छन् । प्रतिपक्षी एमालेले पनि सभामुखले गैरसांसदलाई संसद् बैठकमा बस्न अनुमति दिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । एमालेले गठबन्धन तोड्ने सर्तमा एमसीसी पारित गर्ने प्रस्ताव राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग