कर्णाली प्रदेशसभाको बैठक स्थगित
कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगनको सूचना टाँस गरेको हो । बैठक आज दिउँसो १० बजे बोलाइएको थियो ।
माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा (एमाले) ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो । यस विषयमा तीन दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस बीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ । जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहेका छन् । प्रदेशसभा सचिवालयका अनुसार माघ १८ गते दिउँसो १० बजेका लागि बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरिने
-
चार जना वरिष्ठ प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली
-
बेलायतले भन्यो– इजरायललाई हतियार नदिए हमास बलियो हुन्छ
-
नेप्से सूचक ८ अंकले बढ्यो, सवा तीन अर्बको कारोबार
-
माधव नेपालको दस्ताबेज : माओवादीमा नीतिगत अस्थिरता, एमाले तहसनहस !
-
सरकारी खातामा ३ खर्ब १३ अर्ब नगद मौज्दात