बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा छोरी बिमा कार्यक्रम पुनः सुरु हुने

सोमबार, १७ माघ २०७८, २० : ५७
सोमबार, १७ माघ २०७८

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि बन्द रहेको छोरी बिमा कार्यक्रम केही दिनभित्रै पुनः सुरु हुने बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीका लागि बिमा कार्यक्रम आफूहरूले ल्याए पनि कर्मचारीको असहयोगका कारण बन्द रहेको बताउँदै उनले यसको बन्द रहेको छोरी बिमालाई पुनः निरन्तरता दिने बताए । छोरी बिमा कार्यक्रम अढाई वर्षदेखि बन्द छ ।

मुख्यमन्त्री राउतले कर्मचारीको असहयोगका बाबजुद सुरुमा साढे ८ हजार छोरीको बिमा गर्न सफल भएको बताए । उनका अनुसार अढाई वर्षदेखि बन्द रहेको छोरी बिमा कार्यक्रम केही दिनभित्रै पुनः सञ्चालनमा ल्याइने छ । उनले कक्षा ११ र १२ मा पढ्ने छोरीलाई ल्यापटप वितरण गरिने योजना पनि रहेको सुनाए । मुख्यमन्त्री राउतले एक जिल्लाका १ हजार छोरीलाई ल्यापटप वितरण गरिने योजना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप