शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ब्राउन सुगरसहित एक युवक पक्राउ

सोमबार, १७ माघ २०७८, २० : ४२
सोमबार, १७ माघ २०७८

कपिलवस्तुमा लागूऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका–२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए । 

आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेशमा दर्ता भएको मोटरसाइकल देखेपछि प्रहरीले केरकार सुरु गरेको  थियो । चेक जाँच गर्दा हात पन्जाभित्र लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो । प्रहरीले मोक्तान सवार बा ७४ प ६८४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप