बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा

सोमबार, १७ माघ २०७८, १९ : ०२
सोमबार, १७ माघ २०७८

तोकिएको समयमा लेखा परीक्षण गराई प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । समितिले राष्ट्रिय बीमा संस्थानसहित दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो । 

यी कम्पनीहरूलाई समितिले प्रतिकम्पनी जनही १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको जनाएको छ । उल्लेखित कम्पनीहरूले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समय सीमाभित्र नियामक बीमा समितिमा आर्थिक वर्ष २०७६÷७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब किताबको लेखा परीक्षण प्रतिवेदन नबुझाएको समितिको आरोप छ ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाब किताबको लेखा परीक्षण मान्यताप्राप्त लेखा परीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ । तर यी बीमा कम्पनीहरूले जानी–जानी व्यवस्थाको उल्लङ्घन गर्दै अटेर गरेको समितिको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप