एमालेले बोलायो सचिवालय बैठक
सोमबार, १७ माघ २०७८, १८ : ३७

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।
त्यस्तै सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आजको बैठकमा आएको र ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने अर्का उपमहासचिव विष्णु रिमालले रातोपाटीलाई बताए । बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने लगायतका तयारी रहेको छ । आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?