बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै

सोमबार, १७ माघ २०७८, १७ : ४२
सोमबार, १७ माघ २०७८

नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो । 

मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले रातोपाटीलाई जानकारी दिए । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप