स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्छ : अर्याल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिएकी छन् । सोमबार नेकपा (एमाले) को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन् ।
उनले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताइन् । उनले भनिन्– ‘स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीको सचिवालय बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ । त्यही पनि विगतदेखि हामीले भनि नै आएका छौँ, स्थानीय निर्वाचन वैशाखको महिनाभित्र सक्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने नेकपा (एमाले) को कुरा हो । हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ । र पर्सिको बैठकबाट पनि हामीले त्यो विषयलाई मुख्य रुपमा अगाडि बढाउँछौँ ।’
सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भएपनि संसदमा दर्ता हुने/नहुने एकिन नभएको बताए । एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताइन् ।
सचिव अर्यालले भनिन्– ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी संसदमा दर्ता हुन्छ कि हुँदैन । अहिले त्यो कुनै एकिन छैन । त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ । जतिबेला त्यहाँ दर्ता दर्ता हुन्छ, त्यो बेला नेकपा (एमाले) ले आफ्नो पोजिसन क्लियर गर्नेछ ।’ पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण