सप्तरीमा कोरोनाको तेस्रो लहर : घरघरमा बिरामी तर परीक्षण नै गर्दैनन्
![सप्तरीमा कोरोनाको तेस्रो लहर : घरघरमा बिरामी तर परीक्षण नै गर्दैनन्](https://rpcdn.ratopati.com/media/albums/corona-virus_GHNF0NtfDF.jpg)
१५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो । रुघाखोकी केही थिएन तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो । कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकै पटक भयो । उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन् । बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाई रोक्ने औषधि किनेर खाए ।
उनका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांश लक्षण देखिएको थियो । उनले भने, ‘खाना खान त मनै लाग्दैन्थ्यो । जवरजस्ती अलिअलि खाएर औषधि नियमित खान्थे, बाफ लिन्थेँ । तातो पानी खान्थे ।’ उनले पीसीआर टेस्ट पनि गराएनन् । उनले थपे, ‘एक पटक पीसीआर टेस्ट गराउने इच्छा लागेको थियो । जाडो र कमजोरीका कारण निस्किनै सकिन ।’ परिवार सँगै सँगै उनी बसे । उनलाई पाँच दिन ज्वरो लागेर निको भयो । तर, सामान्य अवस्थामा आउन १० दिन लाग्यो ।
उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो । उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो । उनले भने, ‘पीसीआर टेस्ट गर्ने र अस्पताल भर्ना गर्न आवश्यकता नै परेन ।’ राजविराज नगरपालिका–६ कै ४७ वर्षीय नरेश चौधरीलाई पनि २० दिनअघि उच्च ज्वरो आयो । घर नजिकैको फार्मेसीमा गएर उनले पनि समस्या सुनाएर र फार्मेसी सन्चालकले दिएको औषधि खाएरै ठिक भएँ ।’
उनले सुनाए, ‘अस्पताल जानेतर्फ ध्यान नै गएन । तर, एक हप्ता थला परे ।’ एक हप्तापछि ज्वरो त निको भयो तर १५ दिनसम्म मुख मिठो नभएको र कमजोरीले सताएको उनको अनुभव छ ।
राजविराज नगरपालिका–२ का ४० वर्षीय सुनिल चौधरीको अनुभव पनि यस्तै छ । उनी पनि तीन दिन ज्वरोले थलिए तर कोरोना परीक्षण गर्ने र अस्पताल जाने झन्झटमा लागेनन् । उनीसँगै परिवारका अन्य सदस्यलाई पनि केही दिन ज्वरोले थला पार्यो ।
सप्तरीमा कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा धेरै मनिस बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जाने निकै कम रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।
उनले भने, ‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन् । पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ ।’
आइसोलेशन केन्द्र रित्तै
कोरोना संक्रमितका लागि बनाएको राजविराजस्थित साइकृष्णाको आइसोलेसन तथा गाउँपालिका, नगरपालिकाद्वारा सन्चालित आइसोलेशन पहिलो र दोस्रो लहरमा भरिभराउ थिए । तर यसपटक रित्तै रित्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के बीआरआईको बोझले प्रचण्ड सरकार ढल्न लागेको हो ?
-
तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
-
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
-
अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ
-
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
-
४ करोड ३७ लाख मूल्य बराबरको कोकिन बरामद, २ जना विदेशी पक्राउ