विश्वका यी पाँच शहर जो पानीमा डुबिसकेका छन्
पुरै विश्वमा जलवायु परिवर्तन भइरहेको छ । यसको परिणाम कतै बेमौसमी वर्षा त कतै हिमपात, कतै भीषण गर्मीसमेत देख्न सकिन्छ ।
यति मात्रै होइन, सन् २०५० सम्ममा मुम्बईदेखि कोतकातासम्म डुब्ने अनुमान लगाइन थालिएको छ । यद्यपि, विश्वमा अहिले पनि यस्ता केही सहर छन् जुन पानीमा डुबिसकेका छन् र यसको अवशेष देख्न पर्यटकले स्कूबा डाइभिङको सहारा लिनुपर्छ ।
१. बाया इटाली
कहिले रोमका बासिन्दाका लागि पार्टिको अड्डा समेत रहेको बाया शहर आफ्नो उत्कृष्ट मौसम, तातो पानीको झरना– ताल र असाधारण देखिने भवनका लागि परिचित थियो ।
रोमन सम्राट जुलियस सीजर र नीरो दुबै यहाँ भव्य बिदा मनाउने गर्दथे र इसा सम्बत १३८ मा सम्राट हद्रिवनको निधन पनि यसै शहरमा भएको थियो ।
दुर्भाग्यवश् जुन ज्वालामुखीय गतिविधिका कारण तातोपानीको मुहानका लागि यो चर्चित थियो। त्यसैका कारण यो शहर जलमग्न भयो । ।
यो शहर नेपल्सको नजिक एक सुपरभोल्क्यानो अर्थात् विशाल ज्वालामुखी केम्पी फ्लेगेई (फेलग्रेयन फिल्ड्स) माथि बसेको थियो ।
समयका साथै ब्रेन्डिसिजम भयो । एक भौगोलिक घटना । यस कारण समयका साथै क्रमशः ४ देखि ६ मीटर धसियो र शहरका अधिकांश हिस्सा पानीमा लीन भए ।
सन् २००२ पछि बायाका अन्डरवाटर यानी जलमग्न इलाकाको स्थानीय प्रशासनले संरक्षित क्षेत्र घोषित गरिदियो ।
यसको अर्थ हो, अब लाइसेन्स प्राप्त स्कूबा डाइभर्सले मात्रै एक स्थानीय गाइडसँग पानीभित्रको खण्डहरलाई हेर्न सक्नेछन् ।
२. थोनिस हेराक्लिओन, मिश्रः
प्राचीन कहानीमा कयौँ पटक उल्लेख गरिए अनुसार थोनिस हेराक्लिओन त्यही ठाउँ हो जहाँ ग्रीक नायक हेराक्लिज (हरक्यूलिस) ले मिश्रमा पहिलो कदम राखेका थिए । इतिहासमा सर्वाधिक प्रसिद्ध संघर्षमध्ये एक ट्रोजन युद्धमा समावेश हुनु अघि त्हाँका राजा पेरिस पनि आफ्नी प्रेमिका हेलेनलाई सँगै लिएर यो शहर गएका थिए ।
यो शहरको थोनिस नाम मूल रुपमा मिश्रको शब्द हो । जबकी ग्रीक नायक हरक्यूलिसको सम्मानमा यसलाई हेराक्लिओन पनि भनिन्छ ।
नाइल नदिको पश्चिमी मुहानमा स्थित यो एक समृद्ध बन्दरगाहा हुने गर्दथ्यो । यसलाई ईसा पूर्व चौथो शताब्दीको सुरुवातमा चित्रलिपिका साथै उत्खनन गरिएको छ जुन त्यो बेला मिश्रको कराधान प्रणालीको महत्वपूर्ण विवरणलाई देखाउँछ । यसका साथै, यो पनि पुष्टि हुन्छ कि थोनिस–हेराक्लिओन एउटा शहर थियो ।
३. डर्बेट, बेलायत
डर्बिशायरको डर्बेन्ट गाउँलाई लेडिबोवर जलाशय बनाउनका लागि जानीजानी जलमग्न गरिएको थियो ।
बिसौँ शताब्दीको मध्यमा डर्बी, लिसेस्टर, नाटिन्घम र शेफिल्ड जस्ता शहरको विस्तार भइरह्यो र यहाँको बढ्दो जनसंख्यालाई पानीको अधिक आपूर्तिको आवश्यकता थियो ।
यो आपूर्तिलाई पुरा गर्नका लागि एक बाँध र जलाशय बनाउनु आवश्यक थियो ।
मुल रुपमा हाउडेन र डरवेन्ट नामका दुई जलाशय बनाउने योजना थियो । गाउँलाई यो योजनाबाट बाहिर नै राखिएको थियो ।
तर केही समयमै केवले दुई जलाशय मात्रै पर्याप्त नहुने र तेस्रो जलाशयको आवश्यकता रहेको स्पष्ट भयो ।
सन् १९३५ मा यसको काम सुरु भयो र सन् १९४५ मा डर्वेट गाउँ पुरै पानीमा लिन भयो ।
भीषण गर्मीको समय लेडिबोवर जलाशयको जलस्तर यती तल हुन्छ कि डर्वेट गाउँको अवशेष पुनः देखिन थाल्छ । त्यसपछि मानिसहरु यहाँ रहेको अवशेषहरुमा पुनः घुमफिर गर्न सक्छन् ।
४.भिला एपेक्यूएन, अर्जेन्टिना
भिला एपेक्यूएनको ताल किनारास्थित एक रिसोर्ट करिब २५ वर्षसम्म पानीमा देखिएपछि सन् २००९ मा एक पटक पुनः देखा पर्यो ।
सन् १९२० मा बनाइएको लेक एपेक्यूएन नामको यो रिसोर्टले ती पर्यटकलाई आकर्षित गरे जो यहाँको नुन पानीमा नुहाउने इच्छा राख्दथे ।
यो रिसोर्ट जुन नुन वाला तालको किनारामा अवस्थित छ, त्यहाँको पानीमा कयौँ किसिमका रोगको उपचारसमेत हुने जनविश्वास थियो ।
यो तालमा पानी आफैँ आउँछ र सुक्छ पनि । तर सन् १९८० पछि कयौँ वर्षसम्म भीषण वर्षा भयो र जलस्तर बढ्न सुरु भयो । अतिरिक्त सुरक्षाका लागि एक धनुषाकार पर्खालको निर्माण गरिएको थियो ।
सन् १९८५ मा आँधीपछि ताल भरियो र पानी बाहिर आउन थाल्यो । जसका कारण पर्खाल फुट्यो र शहर १० मीटर पानी मुनी पुरियो ।
यद्यपि, सन् २००९ पछि यहाँको जलस्तर घटिरहेको छ र एकपटक पुनः भिला एपेक्यूएन माथि देखिन थालेको छ ।
५. पोर्ट रोयल, जमैका
१७ औँ शताब्दिमा पोर्ट रोयल एउटा यस्तो गाउँ थियो जहाँ समुद्री लुटेराको बाक्लो जनसंख्या हुने गर्दथ्यो । यसैकारण यो गाउँ धेरै माझ परिचित पनि थियो ।
नयाँ विश्वमा व्यापारको मुख्य केन्द्र पोर्ट रोयलको तीव्र विस्तार भएको थियो । सन् १९६२ मा यहाँ ७४० स्थानीयको बसोबास थियो । तर १६९२ आउँदा आउँदै यो संख्यामा वृद्धि भएर ६,५०० देखि १०,००० को बीचमा रहेको अनुमान लगाइँदै आएको छ ।
यहाँ मानिस इट्टा वा काठबाट बनेको घरमा बस्दथे । यी घरहरु ४ तलासम्म अग्लो हुने गर्दथे ।
सन् १६९२ को ७ जुनमा दिउँसोको समयमा पोर्ट रोयलमा ठूलो भूकम्प गयो र यसको केही समयपछि सुनामी आयो ।
अनुमानका अनुसार यसबाट शहरको करिब २ तिहाई हिस्सा पानीमा विलिन भयो । त्यस दिन करिब २ हजार मानिसको मृत्यु भएको थियो र धेरैजना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या