आइएमई लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक
सोमबार, १७ माघ २०७८, १५ : ५८
आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजनिक भएको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरू तथा हितैषीहरुको सामूहिक प्रयासबाट सम्भव भएको कम्पनीले जनाएको छ । यसको लागि छुट्टै विज्ञापन गरिएको थिएन ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमईको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका हुन् । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने फुयाँलले बताए । कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।
डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा सर्वसाधारणहरूसँग कम्पनीको प्रतिनिधिको रुपमा सम्वाद गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा अधिकृतलाई मोबिल छर्किने वडा सदस्य पक्राउ
-
उपत्यकामा पाकेटमार पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन
-
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित
-
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ
-
सेयर बजार घट्ने क्रम रोकिएन, बढेको कारोबारले कस्तो संकेत गर्छ ?
-
मकवानपुरमा २४ घण्टामा सबैभन्दा धेरै पानी पर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण