मित्रपार्कमा झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ
काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु भएको छ । मृतकको उमेर करिब २७ वर्ष रहेको र उनको नाम नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो । झगडा हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाल छन् ।
मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आरोपीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । मदिरा सेवनपछि उनीहरुको बीचमा झगडा भएको थियो । पक्राउ गरिएका आरोपी सुरेश दर्नालले मृतकलाई नचिन्ने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन