शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल : एमसीसीबारे प्रचण्डले राखे संशोधन प्रस्ताव

सोमबार, १७ माघ २०७८, १३ : ३२
सोमबार, १७ माघ २०७८

सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । 

सोमबार बालुवाटार पुगेका प्रचण्ड र माधव नेपाल ले प्रधानमन्त्री देउवासँग एमसीसी र एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका हुन् ।  सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले जानकारी दिएको छ ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप