हामीले युवा नेतृ, नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमै गएर सोध्यौँ– तपाई लोकप्रिय युवा नेतृ हुनुहुन्छ, तर मन्त्री भएपछि लोकप्रियता घटेको महसुस भएको छ कि छैन ?
झाँक्रीको जवाफ छ– म परीक्षामा छु । मेरो लोकप्रियता थियो, थिएन, भोलि रहन्छ रहन्न मैले भन्ने कुरा होइन । तर, प्रत्येक पल म परीक्षामा छु । यस मानेमा परीक्षामा हु कि म रामकुमारी झाँक्री व्यक्तिको हिसाबले । महिलाको हिसाबले । मेरो पुस्ताको मान्छेको हिसाबले । यो समाजको छोरीको हिसाबले । समाजवादी पार्टीको नेताको हिसाबले । र, यो पार्टीको भविष्यसँग जोडेर मैले यतिवटा क्रस कटिङ ईस्युमा परीक्षा दिइरहेकी छु । र, यो परीक्षामा मलाई असफल हुने सुविधा छैन ।’
उनी अगाडि भन्छिन्, ‘म फेल भएँ भने रामकुमारी भन्नेले ठुला कुरा गर्थी असफल भई भन्नेछन् । त्यसैले मभन्दा पछाडिका मेरा नातिनी पुस्ताका छोरीहरूको पनि मैले परीक्षा दिइरहेको हो । त्यसकारण मैले पास हुनुपर्छ । युवा भनेको खै तिमीहरूले के गर्यौ त भन्ने हुन्छ, त्यसैले मेरो युवा पुस्ताको परीक्षा हो यो । मेरो पार्टी र आन्दोलनको निष्ठासँग पनि जोडिने पार्टीको भविष्यसँग पनि परीक्षा भएको भएर असफलताको सुविधा मलाई छैन ।’
प्रतिक्रिया