बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राजेश हमालले गाए ‘गाउँले ठिटो’

सोमबार, १७ माघ २०७८, १३ : १४
सोमबार, १७ माघ २०७८

अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियो अभिनयको अलवा गायनमा समेत देखिन थालेका छन् । केही अगाडि ‘मन बुढो भएन’ बोलको एक गीत गाएका हमालले हालै फेरि ‘गाउँले ठिटो’ बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएका छन् ।

गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको थियो । गीतको म्युजिक भिडियोमा समेत राजेशको अभिनय रहने भएकोले उनलाई नै गाउन लगाएको संगीतकार सन्तोष श्रेष्ठले बताए । 

‘विदेशमा रहेका फर्किउ, स्वदेशमै केही गर भन्ने सन्देश गीतमा रहेको छ’ संगीतकार श्रेष्ठले भने ‘ग्रामीण परिवेश आउने खालको गीत राजेशको सोचअनुसार तयार भएको छ ।’ गीत राजेशले एकै पटकमा गाउन सफल भएका भने होइन् । चार–पाँच पटकको बसाइपछि हमालले गीत गाउन सफल भएको संगीतकार श्रेष्ठले सुनाए । ‘उहाँबाट व्यावसायिक गायक÷गायिका जस्तो आशा गर्नु हुँदैन’ श्रेष्ठले भने, ‘टाइमिङ भने  पर्फेक्ट छ ।’

गीतको केही समयपछि भिडियो समेत निर्माण हुनेछ । देवेन्द्र पाण्डेको निर्देशन रहने भिडियोमा राजेशकै अभिनय रहने बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप