आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रेड्मी नोट ११ नेपाली बजारमा, मूल्य कति पर्छ ?

सोमबार, १७ माघ २०७८, १२ : ५२
सोमबार, १७ माघ २०७८

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको रेड्मी नोट ११ लन्च गरेको छ । रेड्मी नोट सेरिजको विरासतलाई बढाउँदै क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेडहरु ल्याउँदै फ्ल्यागशिप फोनलाइ नेपाली बजारमा लन्च गरेको हो । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेड्मीमार्फत प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्याउन अग्रसर छौ । रेड्मी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्नेछ । यसले स्मार्टफोन इन्डस्ट्रिमा टु– गेम चेन्जर बनाएको छ । यो विरासतलाई कायम गर्दै रेड्मी नोट ११ लाई प्रस्तुत गर्दैछौँ, जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी दिन्छ । उनले थपे, ‘फ्ल्याग्शिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यसले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै यसमा भएको ५ हजार एमएएचको ब्याट्री पनि सर्वाधिक टिकाउ भएको बताए ।

फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड्मी नोट ११ एमएए ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको छ । जसले उपभोक्तालाई आफ्नो अमूल्य क्षणहरु उच्च रिजोल्युसनमा खिच्न र सेयर गर्न सजिलो बनाएको छ । ११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपीको अल्ट्रा–वाइड क्यामराले राम्रो पोट्रेट फोटो खिच्नुका साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु डिटेलसहित खिच्न सक्छ । साथै, यसको अगाडिपट्टि रहेको १३ एमपी पोट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ । 

१२० एचजेडसम्मको उच्च रिफ्रेस रेट र ३६० एचजेडसम्मको टच स्याम्प्लिङ रेटसहितको रेड्मी नोट ११ ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ उपभोक्ताको स्क्रिन अनुभवलाई अझ राम्रो बनाउँछ र यसको फिङर टच पनि प्रेसाइज छ । रेड्मी नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा FHD± AMOLED डट डिस्प्लेले DCI–P3 कलर गामट फिचर गरिएको छ। जसले थप जीवन्त रङ र विवरणहरु प्रदान गर्दछ ।

६.६७ इन्च र ६.४३ इन्चको स्क्रिन साइज भएको नोट FHD± AMOLED डिस्प्ले DCI–P3 कलर गामट फिचर गरिएको छ । फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ । साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिन्छ । 

फ्ल्याग्शिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ त गर्छ नै यसमा भएको ५ हजार एमएएचको ब्याट्री पनि सर्वाधिक टिकाउ छ । रेड्मी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरमा उपलब्ध छन् ।

–४ जीबी + ६४ जीबी भेरियन्त रु. २२,९९९ 
–४ जीबी + १२८ जीबी भेरियन्त रु. २४,९९९ 
–६ जीबी + १२८ जीबी भेरियन्त रु. २६,९९९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप