शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आफ्नो जेट ट्रयाकिङ गर्ने ट्वीटर अकाउन्ट हटाउन एलोन मस्कको १९ वर्षेलाई ५ हजार डलरको प्रस्ताव, मागे ५० हजार डलर

सोमबार, १७ माघ २०७८, १२ : ४५
सोमबार, १७ माघ २०७८


फ्लोरिडाका १९ वर्षीय किशोर ज्याक स्वीनेले एलोन मस्कको पाँच हजार डलरको प्रस्ताव अस्वीकार गरेका छन् । मस्कले उनको निजी जेटलाई ट्रयाकिङ गरिरहेको ट्वीटर अकाउन्ट डिलिट गर्न ५ हजार डलरको प्रस्ताव राखेका थिए ।​

एलोनजेट नामको ट्वीटर अकाउन्टमा १ लाख ५० हजार फलोअर्स रहेका छन् । स्विनेले उक्त अकाउन्टमार्फत् मस्कको उडान निगरानी गर्नका लागि बट प्रविधिको विकास गरेका छन् । बट इन्टरनेट वा अन्य नेटवर्कको एउटा स्वायत्त प्रोग्राम हो जसले सिस्टम वा प्रयोगकर्तासँग कुराकानी गर्नसक्छ ।

भर्खरै कलेज पढ्दै गरेका उनले दर्जन बढी फ्लाइट बट अकाउन्ट बनाएका छन् जसले बिल गेट्स र जेफ बेजोसजस्ता हाई प्रोफाइल टेक टाइटन्सको यात्रालाई पछ्याउने गर्छ ।

मस्कले सबैभन्दा पहिला नोभेम्बर ३० तारिखमा स्वीनेलाई मेसेज पठाएका थिए ।

‘के तिमीले यो डिलिट गर्न सक्छौ ? मस्कले स्वीनेलाई सोधेका छन् । ‘यो सुरक्षाको हिसाबले जोखिमयुक्त छ ।’

टेस्ला र स्पेस एक्सका सिइओले अन्ततः ती किशोरलाई आफ्नो विमान पछ्याउने ट्वीटर अकाउन्ट डिलिट गर्नका लागि ५ हजार डलरको प्रस्ताव गरे तर स्वीनेले ५० हजार डलरको माग गर्दै उक्त रकम आफूले कलेज बनाउन वा टेस्लाको मोडल थ्री बनाउन प्रयोग गर्नसक्ने पनि बताए ।

‘म कोही मूर्ख मानिसको बन्दुकको निशानामा पर्न राजी छैन,’ मस्कले भने ।

मस्कले अन्तिम मेसेज जनवरी १९ तारिखमा पठाएका छन् जब उनले ‘यो बन्द गर्नका लागि भुक्तानी गर्न ठिक लागेन’ भनेर पठाएका छन् ।

यसको जवाफमा स्वेनेले ‘पैसाबाहेकका अन्य विकल्पहरु जस्तै इन्टर्नशीपलगायतले पनि यो कामलाई निकै सजिलो बनाउँछ ।’ मस्कले यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप