सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन रोकियो चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’  ?

सोमबार, १७ माघ २०७८, १२ : ११
सोमबार, १७ माघ २०७८

‘रजतपट’ चर्चित टेलिभिजन कार्यक्रम हो । रङ पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा मनोरञ्जन क्षेत्रका विकृति र विसंगति उजागर हुँदै आएको छ । अहिले भने यो कार्यक्रम अहिले रोकिएको छ ।

कार्यक्रमका कारणले बेला बेलामा विभिन्न लफडा भोग्दै आएका सुवेदीका रजतपतमात्र होइन अन्य दुई कार्यक्रम बागिना र ग्ल्यामर गफको समेत प्रसारण रोकिएको छ । सानो कुरोलाई ठूलो र सनसनी पूर्ण रुपमा प्रसारण गर्दै बजारमा चर्चा दिलाउँदै आएका सुवेदीका कार्यक्रम यसरी अचानक रोकिनुलाई धेरैले विभिन्न कोणबाट हेर्न थालेका छन् । 

अभिनेता पल शाह र समीक्षा अधिकारीबीचको वास्तविक सम्बन्ध लुकाउन समेत उनले कार्यक्रम रोकेको आरोप लाग्न थालेको छ । कतिपयले त सेलिब्रिटीले उजूरी गरेको कारण टेलिभिजनले उनको कार्यक्रम रोकेको समेत बताउँदै आएका छन् ।

कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले भने आफू कामका व्यस्त भएको कारण कार्यक्रम बनाउन नभ्याएको बताउँछन् । ‘म केही समयदेखि उपत्यका बाहिर छु । कार्यक्रम बनाउन पाएको छैन’ सुवेदीले भने ‘म नभएपछि कार्यक्रम कस्ले बनाउँछ र प्रसारणमा आउछ ।’  आफु आफन्तको विवाह र बर्तमनका लागि केही समयदेखि झापामा रहेको सुवेदीले सुनाए । ‘म अव केही दिनमा काठमाडौं फर्कनेछु । त्यसपछि कार्यक्रम निरन्तर चल्छ’ सुवेदीले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप